खाना महोत्सवको अवलोकन गर्दै ।

हेटौँडा : हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका कक्षा–१० का विद्यार्थीले खाना तथा पाक कौशल पाठको अभ्यासस्वरुप बुधबार एक दिवसीय खाना महोत्सवको आयोजना गरेका छन् । अंग्रेजी विषयको परियोजना कार्यको रुपमा विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकार तयार पारेर शिक्षक तथा आमन्त्रित अतिथिलाई खुवाएका हुन् ।

१० कक्षामा अध्ययनरत १ सय ७ जना विद्यार्थीहरुको १४ वटा समूहले फरक फरक स्टल राखेर खाना महोत्सवको आयोजना गरिएको थियो । एउटा समूहमा ७ देखि ९ जना विद्यार्थी सहभागी थिए । विद्यार्थीले आफ्नै लगानीमा खाना तयार पारेका थिए भने शिक्षक र अतिथिलाई निशूल्क खुवाएका थिए । विद्यार्थीलाई व्यवहारिक ज्ञानसँगै सीप विकासको अवसर रहने भएकोले यस किसिमको महोत्सवको आयोजना गरिएको सहायक प्रिन्सीपल अमूल श्रेष्ठले जानकारी दिनुभएको छ ।