हेटौँडा : बागमती प्रदेश सभाको बैठक फेरि सरेको छ । बागमती प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि छलफल गर्न सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको थियो ।

४ बजेका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि अन्ततः प्रदेशसभाको बैठक असार १९ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको सूचना प्रदेश सभाले जारी गरेको छ । बजेटमाथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो । यसअघि असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक पनि दलहरूबिच सहमति जुट्न नसकेपछि स्थगित गरिएको थियो ।