हेटौँडा : हेटौँडा–८, निमचोकमा शनिबार रक्तदान कार्यक्रम भएको छ । स्थानीय अस्तित्व व्याण्डको आयोजनामा भएको कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।
अस्तित्व व्याण्डका अध्यक्ष निर्जल पुडासैनीको सभाध्यक्ष तथा वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रममा स्थानीय संघ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।











