हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–३, ढेडोखोलाका ४२ वर्षीय सानोमाइला चेपाङको मृत्यु भएको छ ।
बुधबार राती ८ बजेर ४० मिनेटको समयमा हेटौँडा–१९, बस्तीपुरस्थित प्रतिक्षालयमा मादक पदार्थ सेवन गरी अचेत अवस्थामा रहेका चेपाङलाई उद्दार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । अस्पतालमा चेपाङको बुधबार राती ९ बजेर ४० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।











