हेटौँडा : चितवन जिल्लाको कालिका नगरपालिका–६, दिपज्योती टोलमा स्कुटर आफैं अनियन्त्रित भई पल्टिँदा घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बुधबार साँझ ७ बजेको समयमा खोलेसिमलबाट देवज्योती टोलतर्फ जाँदै गरेको ना ५६ प ५०७९ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई पल्टँदा चालक ३५ वर्षीय सुमन हुमागाई घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

घाइते सुमनलाई उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा हुमागाईको बिहीबार दिउँसो ४ बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।