लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका अनुप र मणि ।

हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा–४ बाट लागूऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ परेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले बुधबार साँझ ६ बजेको समयमा हेटौँडा–४, वनविज्ञान क्याम्पस अगाडि शंकास्पद रुपमा बसिरहेका हेटौँडा–४, कमलडाँडाका ४२ वर्षीय अनुप कुमार रुम्बा र ३३ वर्षीय मणि लामालाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अनुप र मणिको साथबाट प्रहरीले ७७० मिलिग्राम खैरो हेरोइन बरामद भएको जनाएको छ । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।