हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–१, डाँडाखर्कस्थित श्री आधारभूत विद्यालयका शिक्षक अच्छमितलाल चौधरीको मृत्यु भएको छ ।
कलेजो र पेटसम्बन्धी स्वास्थ्य समस्याका कारण २ महिनादेखि उपचाररत ५९ वर्षीय चौधरीको बुधबार बिहान मधेश प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिका–१ स्थित घरमै मृत्यु भएको गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । चौधरीको निधनको शोकमा गाउँपालिकाले बुधबार पालिकाका सबै विद्यालयमा शोक विदा दिएको छ ।











