प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको पेस्तोल, गोली र अफिम ।

हेटौँडा : मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–१, ढुंगेनमा बेवारिसे अवस्थामा प्रहरीले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली र २ किलो ४८० ग्राम अफिम बेवारिसे अवस्थामा बरामद भएको जनाएको छ ।

गत शनिबार राती साढे ७ बजेको समयमा चन्द्रलाल मोक्तानको बारीमा आँपको रुखको फेदमा प्लाष्टिकमा बेरी सेतो बोरामा पेस्तोल, गोली र अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।