हेटौँडा : भ्रुण हत्या गरेको अभियोगमा मकवानपुर प्रहरीले हेटौँडा–१५, शिखरपानीकी २९ वर्षीया बसन्ती तामाङलाई पक्राउ गरेको छ ।
२ वर्षदेखि श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला गर्भधारण गरेकी बसन्तीले ६ महिनाको भ्रुण हत्या गरी फालेको खबर प्राप्त भएपछि प्रहरीले बसन्तीलाई पक्राउ गरेको जनाएको छ । रक्तश्राव भएकोले प्रहरीकै निगरानीमा बसन्तीको हेटौँडा अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्रहरीले बसन्तीलाई बिहीबार नियन्त्रणमा लिएको हो । भ्रुणको शव हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि विभिन्न समयमा हेटौँडामा नवजात शिशु बेवारिसे फ्यालिएको अवस्थामा उद्दार गरिएका छन् । ती घटनामा भने प्रहरीले नवजात शिशु फ्याँक्नेलाई पहिचान गर्न, पक्राउ गर्न सकेको थिएन ।











