हेटौँडा : शिक्षक सेवा आयोगले माध्यमिक तहको विषयगत परीक्षा आज शनिबार हुँदैछ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले परीक्षाका लागि हेटौँडाका ३ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरेको छ ।

इकाईले हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–४ स्ति आधुनिक राष्ट्रिय मावि र हेटौँडा–५ स्थित बालज्योति माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गत चैत १६ गते लिइएको प्रथमपत्रको परीक्षामा सहभागी भएका ८ हजार भन्दा बढी परीक्षार्थी मध्ये १ हजार ४ सय २६ जना परीक्षार्थी उत्तीर्ण भएर विषयगत परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभएको छ । परीक्षा बिहान ११ बजे सुरु हुनेछ । विषय परीक्षा ३ घण्टाको हुनेछ ।