हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाले पत्रकार गणेश दुलाललाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित एवम् दिगोपना पालिका घोषणा कार्यक्रमका अवसरमा दुलाललाई सम्मान गरिएको हो । दूलाल रातोपाटी अनलाइन र हेटौँडाबाट प्रकाशन हुने समृद्ध समाज राष्ट्रिय दैनिकमा आवद्ध हुनुहुन्छ ।
दुलाललाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान लगायतले नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । पत्रकार दुलालले गाउँपालिकाको शिक्षा, स्वास्थ्य तथा विकास निर्माणको समाचार प्रकाशन तथा प्रसारणका माध्यमबाट सहयोग पु¥याएको भन्दै सम्मान गरिएको हो ।











