सुनका गहना चोरी गरेको अभियोगमा पक्राउ परेका तीनजना ।

हेटौँडा : सुनका गहना चोरी गरेको अभियोगमा मकवानपुर प्रहरीले हेटौँडा–१८, रामधुनीका ३ जनलाई पक्राउ गरेको छ । गत शुक्रबार बिहान ७ बजेको समयमा हेटौँडा–१८, रामधुनीकी ३० वर्षीया उषा परियारले घरबाट सुनको तिलहरी चोरी भएको भनी प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।

पीडितको उजुरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान तथा खोजतलास गर्ने क्रममा हेटौँडा–१८ स्थित प्रहरी चौकी ठूलोदमारबाट खटिएको प्रहरी टोलीले सुन चोरीमा संलग्न भएको अभियोगमा २४ वर्षीय उपेन्द्र बहादुर विश्वकर्मा, ३० वर्षीय संजिव गोतामे र हेटौँडा–४ का २५ वर्षीय सन्त बहादुर बराईलीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट प्रहरीले चोरी भएको सुनको तिलहरी बरामद गरेको जाएको छ । मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर तीनैजनालाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।