हेटौँडा : हेटौँडा–२, देविपथमा एक जना पुरुष मृृत फेला परेका छन् । मृत फेला पर्नेमा सिन्धुली जिल्ला घर भई हाल देविपथस्थित गणेश मन्दिरमा बस्ने ५५ वर्षीय दिल कुमार श्रेष्ठ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार बिहान १० बजेको समयमा गणेश मन्दिरमा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानको क्रममा दिलकुमार वेवारिसे हिसाबले मागी खाई हिड्ने गरेको र मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।











