हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, लिङ्गेडाँडाका १६ वर्षीय अजय बल कुरिलो खोज्न जंगल जाने क्रममा भीरबाट लडेर घाइते भएका छन् ।
शनिबार बिहान साढे ९ बजेको समयमा बगिचौर सामुदायिक वनमा कुरिलो खोज्ने जने क्रममा अजय भिरबाट २० मिटर तल खसेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । बाँया खुट्टामा चोट लागेर मध्यम अवस्थाका अजयको हेटौँडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको छ । वर्षा मौसम सुरु हुनुअघिको सुरुवाती वर्षासँगै जंगलमा न्यूरो, कुरिलो खोज्न जाने क्रम बढ्छ । जंगलको न्यूरो, कुरिलो स्थानीयले बजारसम्म ल्याएर बिक्री गरी आयआर्जन समेत गर्ने गरेका छन् ।











