हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२५, किसानचोकमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी दुई जना बालबालिकाको हत्या गरेको छ । शुक्रबार बिहान ९ बजेर ५५ मिनेटको समयमा ४२ वर्षीय लिलाराज गिरीले आफ्नै छोरी ७ वर्षीया प्रभा गिरी र आफ्नै दाईको छोरा ५ वर्षीया सजन गिरीलाई धारिलो हतियार खुर्पा प्रहार गरि हत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
लिलाराजले बालबालिकालाई खुर्पा प्रहार गरी घाईते बनाई आफुलाई पनी सोही खुर्पा आफुले आफैलाई प्रहार गरी घाईते भएका थिए । घाइते ३ नै जनालाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा सजनको बिहान १० बजेर ३६ मिननेटको समयमा र प्रभाको १० बजेर ५८ मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते लिलाराज सोही अस्पतालमा उपचार भईरहेको छ । गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जानकारी दिएको छ ।











