रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : नर्सिङ दिवसको सन्दर्भमा हेटौँडामा शुक्रबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।

नेपाल नर्सिङ संघ मकवानपुर र हेटौँडा अस्पतालको संयुक्त आयोजनामा हेटौँडा–१०, बुद्धचोकमा रक्तदान कार्यक्रम भएको हो । नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगाकुमारी दाहालको अध्यक्षता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डिन दुर्गा कुमारी खड्काको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सर्वसाधारणले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।