हेटौँडा : चितवन जिल्लाको राप्ती नगरपालिका–८, खुरखुरेकी ३० वर्षीया लालमाया तामाङ लागूऔषध गाँजासहित हेटौँडाबाट पक्राउ परेकी छिन् । लागूऔषध गाँजा तस्करी हुँदै गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमाण्डमा सोमबार बिहान १० बजेको समयमा खटिएको प्रहरी टोलीले हेटौँडा–१०, बसपार्कबाट ३० किलो गाँजासहित लालमायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बीरगन्जतर्फ जाने बा प्र ०३–०१ ज ९७४ नम्बरको भ्यानमा सवार लालमायाले जेब्रा झोलामा तीन वटा पोकामा ३० किलो लागुऔषध गाँजा तस्करी गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । लालमायालाई प्रहरीले हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।











