हेटौँडा : हेटौँडा–४, हुप्रचौरमा ५ करोड रुपैयाँ लगानी होटल पशुपति इन सञ्चालनमा आएको छ । व्यवसायी विष्णुकुमार श्रेष्ठले होटल सञ्चालन गर्नुभएको हो ।
होटल एसोसिएसन मकवानपुरका अध्यक्ष दिलिशगोविन्द जोशीले शनिबार होटलको उद्घाटन गर्नुभयो । यसअघि नै सञ्चालनमा रहेको होटललाई श्रेष्ठले आफ्नो स्वामित्वमा ल्याएर पुनर्संरचना गर्नुभएको छ । १२ वटा कोठा रहेको होटलमा रेष्टुरेन्ट, बार र ७० जनासम्म सहभागितामा कार्यक्रम तथा गोष्ठीको आयोजना गर्न सकिनेछ ।
पुरानो होटललाई खरिद गरी पुनर्संरचना गर्दा केही खर्च भएको र अझै पुनर्संरचनाको काम बाँकी रहेकोले लगानी ५ करोड पुग्ने सञ्चालक श्रेष्ठको भनाइ छ । सहुलियत दरमा बढी भन्दा बढी सेवाग्राही आकर्षित गर्ने सञ्चालक श्रेष्ठको योजना छ ।












