हेटौँडा : हेटौँडा–१७, हटियाका शम्भु पराजुली सिन्धुली जिल्लाको एक विद्यालयको प्रधानाध्यापक बन्नुभएको छ । पराजुली मंगलबारदेखि लागु हुने गरी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५, बोटिनीस्थित जनहित माध्यमिक विद्यालयको प्रधानाध्यापक बन्नुभएको हो ।
यसअघिका प्रधानाध्यापक बुद्धवीर राईको अनिवार्य अवकाश हुनुपछि पराजुली प्रधानाध्यापक नियुक्त हुनु भएको हो । १५ वर्षदेखि शिक्षण पेशामा आबद्ध पराजुली २०८१ सालमा स्थायी शिक्षक बन्नुभएको थियो । स्थायी भएपश्चात उहाँ हरिहरपुरगढी–४ स्थित श्री माध्यमिक विद्यालयमा पठनपाठन गराउँदै आइरहनुभएको थियो । यसअघि पराजुलीले हेटौँडा–६, गौरिटारस्थित बालजागृति युवा वर्ष माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको थियो । पराजुली विज्ञान र सामाजिक दुवै विषयको शिक्षक भएपनि अहिले सामाजिक विषयको पठनपाठन गराउँदै आउनुभएको छ ।
उहाँ गत चैत १७ गते मात्रै जनहित माध्यमिक विद्यालयमा सरुवा भएर आउनुभएको थियो । उहाँका अनुसार वर्षे बिदाको समयमा अतिरिक्त कक्षा सञ्चालन गरेर पठनपाठन गराउने योजना सुनाउनु हुन्छ । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ५०९ जना विद्यार्थी अध्ययनरत छन् । शिक्षक आन्दोलन सकिएपश्चात विद्यालयमा शुक्रबारबाट भर्ना अभियान र किताब वितरण गर्न सुरु गरिएको छ । अहिले विद्यालयमा पठनपाठन सुरु भएको उहाँले बताउनुभयो ।











