हेटौँडा : मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन सकेन । बिहान ८ बजेदेखि निर्वाचन गराउन निर्वाचन अधिकृतले सम्पूर्ण तयारी गरे पनि अनेरास्ववियु र नेपाल विद्यार्थी संघले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन हुन नसकेको हो ।
यस्तै निर्वाचन गराउन बिहानैदेखि असहज परिस्थिति निर्माण भएको भन्दै निर्वाचन समितिले मध्यान्ह राजिनामा समेत दिएको छ । निर्वाचन संयोजक कुमार नेगी, सदस्य हरिकृष्ण कार्की, मीना महर्जनले संयुक्त राजिनामा दिएका छन् । निर्वाचन समितिले राजिनामा दिएपछि विवाद समाधान भएको थियो । तर अखिल क्रान्तिकारी र अखिल छैठौंले पनि निर्वाचन संयोजक सहित सदस्यले राजिनामा दिएपछि तालाबन्दी गरेको छ ।
तालाबन्दी गरेपछि संयोजकसहित सदस्य पुनः बन्धक बनेका छन् । ७२ जना मतदाता रहेको क्याम्पसमा तालाबन्दीसँगै निर्वाचन अनिश्चित बनेको छ । अनेरास्ववियुबाट रोशनी गोपाली र अखिल क्रान्तिकारीबाट रुमिना खत्री अध्यक्ष पदका उम्मेदवार थिए ।