हेटौँडा : स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनअन्तर्गत मगलबार सम्पन्न मतदानमा हेटौँडा क्याम्पसमा तीन सय ७४ जनाले मतदान गरेका छन् । कुल छ सय ८५ जना मतदातामध्ये ५५ प्रतिशत मत खसेको सहायक क्याम्पस प्रमुख मनोज पोखरेलले जानकारी दिनुभयो ।
सबै संगठनका प्रतिनिधिसँग बैठक बसेर आचारसंहित निर्माण गरी मतगणना सुरु गर्ने सहायक क्याम्पस प्रमुख पोखरेलले बताउनुभएको छ । हेटौँडा क्याम्पसमा अनेरास्ववियुका अभि मैनाली र अनेरास्ववियु क्रान्तिकारीका दीपक वाईबाको नेतृत्वमा दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा रहेको छ ।