हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा मतदान गर्दै एक विद्यार्थी ।

हेटौँडा : स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा एक हजार दुई सय ८१ मत खसेको छ ।

स्ववियु निर्वाचन कार्यक्रमअन्तर्गत मंगलबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म भएको मतदानमा भएको दुई हजार छ सय ९८ जना मतदातामध्ये ४७ दशमलव ४८ प्रतिशत मत मात्रै खसेको हो । प्रमुख निर्वाचन अधिकृत सन्देश विडारीका अनुसार सौहाद्र्धपूर्ण वातावरणमा मतदान सकिएको र केहीबेरमा मतगणना गरिने जानकारी दिनुभएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी र अनेरास्ववियु क्रान्तिकारीका छोइसाङ लामा नेतृत्वको दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा रहेको छ । निर्वाचनबाट २ वर्षे कार्यकालका लागि स्ववियुको नयाँ समिति चयन हुनेछ ।