हेटौँडा : मकवानपुरको थाहा नगरपालिकाका हावाहुरी पीडितलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले सहयोग गरेको छ । शुक्रबार रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरकी मन्त्री सुमीत्रा काफ्लेको नेतृत्वमा थाहा नगर–३ र ४ का हावाहुरी पीडित परिवारलाई त्रिपाल सहयोग गरेको हो ।
बिहीबार हावाहुरीले छाना उडाएपछि पीडित भएका घरपरिवारलाई त्रिपाल सहयोग गरिएको रेडक्रस मकवानपुरकी मन्त्री सुमीत्रा काफ्लेले जानकारी दिनुभएको छ । मन्त्री काफ्ले सहितको टोली थाहा नगरपालिकामै पुगेर त्रिपाल हस्तान्तरण गरिएको हो । पालिकाकाले सहयोग नगरेसम्म निश्चित समयको लागि केही सहयोग पुगोस भन्ने उद्देश्यले त्रिपाल वितरण गरेको उहाँले बताउनुभयो । हावाहुरीले क्षती पुर्याएको समयमा घरको छानो पूर्णरुपमा मर्मत नभएसम्म व्यवस्थापन नहुँदाको समयसम्म सहयोग पुर्याउने लक्ष्य लिएको उहाँले बताउनुभयो । त्रिपाल हस्तान्तरण कार्यक्रममा रेडक्रस सोसाइटीका कार्यालय प्रमुख रामजी खतिवडाको पनि उपस्थिति रहेको थियो ।