सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, कमलामाई टोलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा पर्सा जिल्लाको विरगंज महानगरपालिका–१६ घर भई हाल कमलामाई टोलमा मामाघरमा बस्दै आएका ३२ वर्षीय विराज राउत रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शुक्रबार बिहान ७ बजेर ४० मिनेटको समयमा राउत मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।