हेटौँडा: जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूर्तीजन्य पदार्थ निषेधित क्षेत्रमा कडाइ गर्ने भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमित गर्ने ऐन–२०६८ मा भएको व्यवस्थाअनुसार शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, नेपाल सरकारको राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको सार्वजनिकस्थलबाट कम्तिमा एक सय मिटरभित्र घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाइने छैन ।

प्रशासन कार्यालयले जरुरी सूचना जारी गर्दै अनुगमन समेत गर्ने जनाएको छ । अनुगमनका क्रममा व्यवस्था उल्लघंन भएको पाइए कानून बमोजिम कारवाही गरिने स्पष्ट पारेको छ । पछिल्लो समय विद्यार्थी ध्रम्रपान तथा लागूऔषध दूव्र्यसनमा संलग्न भएको पाइएपछि स्थानीय प्रशासनले कडाई गर्ने प्रयास गरेको हो । सूचना जारी गरेलगत्तै अनुगमन जाने बताइएको छ ।