बेपत्ता डोल्साङ थोकरको तस्वीर ।

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका–८, शान्तिपुरबाट एक बालिका बेपत्ता भएकी छन् । बकैया गाउँपालिका–८ घर भई हाल पढ्नका लागि शान्तिपुर बस्ने १६ वर्षीया डोल्साङ थोकर हराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । आइतबार दिउँसो १ बजेको समयमा थोकर घरमा नसोधी आफुखुशी निस्केर हिँडेकी थिइन् ।