हेटौंडाः हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले आयोजना गरेको नगरस्तरीय नाटक प्रतियोगितामा हेटौंडा–१२, हात्तीगौंडास्थित बुद्ध माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालय द्वितीय र हेटौंडा–४ कै आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय तृतीय भएको छ ।
सामाजिक रुपान्तरणका लागि चेतनामूलक नाटक फागुन १८ गतेबाट मञ्चन गरिएको थियो । अन्तिम दिन शुक्रबार हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा नाटक प्रदर्शन गरिएको थियो । ६ दिनसम्म आयोजित प्रतियोगितामा ११ वटा नाटक प्रदर्शन भएको झलझली मल्टिक्रियसनका व्यवस्थापक आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
महिला हिंसा, मानव वेचबिखन, निकृष्ट बालश्रम, वैदेशिक रोजगार, बालविवाह, लागूऔषध दुव्र्यसनीलगायतका विषयमा विद्यार्थीले नाटक प्रदर्शन गरेका छन् । हेटौंडा–५ स्थित ज्ञानोदय वालबाटिका आवासीय माविमा अध्ययनरत छात्रा सुधिनी हुमागाईं उत्कृष्ट महिला कलाकार र हेटौंडा–३ स्थित सनसाइन बोर्डिङ स्कूलमा अध्ययनरत छात्र ईशुप थापा उत्कृष्ट पुरुष कलाकार हुनुभएको व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।