हेटौँडा : हेटौंडा–११ स्थित हेटौँडा एकेडेमीको वार्षिकोत्वस तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार हेटौँडा एकेडेमीको विद्यालय व्यवस्थापन समिति अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्ष तथा बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष चन्द्रमणि पौडेललेको प्रमुख आतिथ्यमा २६ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको हो ।
बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष पौडेलले शिक्षाको ज्योति प्रदान गरेर रोजगारीको औचित्य प्रदान गर्न आवश्यक रहेको बताउनुभएको छ । विद्यालयले समाजमा केन्द्रित भएर काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । विद्यालयलाई सामुदायको केन्द्रमा राखेर काम गर्न आवश्यक रहेको उहाँले दावी गनुभयो ।
हेटौँडा एकेडेमीको वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यार्थीका विभिन्न प्रस्तुती रहेको थियो । एकेडेमीमा अध्ययनरत विद्यार्थीले विज्ञानसँग सम्बन्धित आफैँले निर्माण गरेको सामग्री प्रदर्शनी, हस्तकला प्रदर्शनी, चित्रकला प्रदर्शनी, खेल सामग्री प्रदर्शनी, पुस्तक प्रदर्शनी गरेका थिए । उनीहरुले विज्ञान विषयसँग सम्बन्धित बाढी, भूकम्प, अटोमेटिक सोलार सिस्टमलगायत सामग्री प्रदर्शन गरेका थिए ।
विद्यार्थीले गायन, नृत्य, कला प्रस्तुती गरेका थिए । विद्यार्थीले खाना महोत्सवको समेत आयोजना गरेका थिए । विद्यालयले विद्यार्थीका लागि शिक्षासँगै खेलकुद भन्ने नाराका साथ क्रिकेट र फुटबलको प्रशिक्षण कक्षा सञ्चालन गर्दै आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमार्गीले जानकारी दिनुभएको छ । विद्यार्थीका प्रतिभा प्रस्तुत गरेर विद्यालयका विद्यार्थीमार्फत् धर्म र संस्कृतिलाई अभिभावकसम्म पु¥याएको अध्यक्ष सुमार्गीले बताउनुभयो । संस्कृति र धर्मको कुरालाई अभ्यासात्मक रुपले बुझाउने उद्देश्य लिएको उहाँले बताउनुभयो ।
७ सय ९ विद्यार्थी अध्यनरत विद्यालयमा अभिभावक दिवसकै अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । शैक्षिक शत्र २०८० को परीक्षा तथा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । कार्यक्रममा हेटौंडा–११ की वडाध्यक्ष जुना दहाल, शिक्षक प्रतिनिधि, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य एव्म मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको पनि आतिथ्य रहेको थियोे ।