हेटौंडाः हेटौंडा–४, परिजातपथमा आकर्षण ब्यूटी एकेडेमी एण्ड युनिसेक्स सलोनको शाखा सञ्चालनमा आएको छ । बिहीबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले एकेडेमीको शाखा उद्घाटन गर्नुभएको हो ।
करिब २० लाख रुपैयाँको लागतमा आकर्षण ब्यूटी एकेडेमी एण्ड युनिसेक्स सलोनलाई शाखाको रुपमा विस्तार गर्न सफल भएको सञ्चालक अस्मिता श्रेष्ठले जानकारी दिनुभयो । ७ जना कर्मचारीलाई थप रोजगारी दिएको उहाँले बताउनुभयो । गुणस्तरीय सीप लिन चाहनेका लागि तालिमसमेत सञ्चालन गरिने उहाँको भनाइ छ । फेसियल, कलर, मेकअप, माइक्रो सेडिङलगायत सुविधा सुपथ मूूल्यमा लिन सकिने सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।
पुरुष र महिला दुबैका लागि सहजरुपमा सेवा प्रदान गर्न पार्लर सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । सेवा सुरु गरिएको शाखाबाट धेरैले सीप सिकेर व्यवसायसँगै रोजगारीमा जोड्न सफल भइसकेको उहाँले बताउनुभयो ।