Home मुख्य समाचार आकर्षण ब्यूटी एकेडेमीको शाखा उद्घाटन

आकर्षण ब्यूटी एकेडेमीको शाखा उद्घाटन

आकर्षण ब्यूटी एकेडेमी एण्ड युनिसेक्स सलोन

हेटौंडाः हेटौंडा–४, परिजातपथमा आकर्षण ब्यूटी एकेडेमी एण्ड युनिसेक्स सलोनको शाखा सञ्चालनमा आएको छ । बिहीबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले एकेडेमीको शाखा उद्घाटन गर्नुभएको हो ।

करिब २० लाख रुपैयाँको लागतमा आकर्षण ब्यूटी एकेडेमी एण्ड युनिसेक्स सलोनलाई शाखाको रुपमा विस्तार गर्न सफल भएको सञ्चालक अस्मिता श्रेष्ठले जानकारी दिनुभयो । ७ जना कर्मचारीलाई थप रोजगारी दिएको उहाँले बताउनुभयो । गुणस्तरीय सीप लिन चाहनेका लागि तालिमसमेत सञ्चालन गरिने उहाँको भनाइ छ । फेसियल, कलर, मेकअप, माइक्रो सेडिङलगायत सुविधा सुपथ मूूल्यमा लिन सकिने सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।

पुरुष र महिला दुबैका लागि सहजरुपमा सेवा प्रदान गर्न पार्लर सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । सेवा सुरु गरिएको शाखाबाट धेरैले सीप सिकेर व्यवसायसँगै रोजगारीमा जोड्न सफल भइसकेको उहाँले बताउनुभयो ।

Exit mobile version