निर्वाचन समितिको सचिवालयमा ताला लगाउँदै नेविसंघसम्वद्ध विद्यार्थीहरु ।

हेटौंडा : नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले चैत ५ गतेका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समितिको सचिवालयमा ताला लगाएको छ । नेविसंघले स्ववियु निर्वाचनमा बुद्ध बराम नेतृत्वको संगठनलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन माग गर्दै बिहिबार ताला लगाएका हुन् ।

नेविसंघले क्याम्पस प्रशासनलाई समेत सोही दिन विज्ञप्ति बुझाएको थियो । संघले विज्ञप्ति मार्फत सहभागी हुन पाउने वातावरण बनाउन माग गर्दै सहायक क्याम्पस प्रमुख संगम चौलागाईँलाई विज्ञप्ति बुझाएका हुन् । संघले फागुन १९ गते बरामको नेतृत्वमा संगठन दर्ता गरेको थियो । निर्वाचन समितिले भने सागर घिमिरेको नाममा दर्ता भएको नेविसंघलाई आधिकारिकता दिएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा ६ वटा दल दताए भएको छ ।