हेटौँडा : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिताको फाइनलमा मकवानपुरलाई १ सय ९३ रनको लक्ष्य प्राप्त भएको छ । आज बिहीबार काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा पहिले व्याटिङ गरेको ललितपुर ४७ ओभर ३ बलमा १ सय ९२ रनमा अलआउट भयो ।
ललितपुरका लागि आदिल खानले ५५ रन, सूर्य तामाङले ३६ रन, आशुतोष घिरैयाले २८ रन, रोनिम तिवारीले २३ रन र विवेक राना मगरले २२ रन जोडे । टस जितेर मकवानपुरले फिल्डिङ रोजेको थियो । मकवानपुरका लागि साकार गजुरेलले उत्कृष्ट बलिङ गरे । साकारले १० ओभर बलिङ गर्दा ५ ओभर मेडन राख्दै ललितपुरको ४ विकेट लिए । साकारले २२ रन मात्रै खर्चिए । मकवानपुरका समीर चौलागाईले २ विकेट लिए ।
मकवानपुरले केहीबेरमा जवाफी व्याटिङ सुरु गर्नेछ ।