उच्च अदालत बार एसोसिएसन हेटौँडाको नवनिर्वाचित समितिका पदाधिकारी ।

हेटौँडा : उच्च अदालत बार एसोसिएसन हेटौँडाको अध्यक्षमा मनप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । अर्का आकांक्षी हरिप्रसाद भट्टलाई १ मतान्तरले पछि पार्दै भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो । भट्टराईले ३३ मत प्राप्त गर्दा भट्टले ३२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा रामकृष्ण देउला निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा सुजन तिमल्सिना निर्वाचित हुनुभएको छ । अर्का आकांक्षी सुवासचन्द्र अधिकारीलाई १ मतान्तरले पछि पार्दै सचिवमा सुजन तिमल्सिना निर्वाचित हुनुभएको हो । अधिकारीले ३२ मत प्राप्त गर्दा तिमल्सिनाले ३३ मत प्राप्त गर्नुभएको छ । ज्योति घिमिरेलाई १२ मतान्तरले पछि पार्दै सहसचिवमा पम्फा पुरी निर्वाचित हुनुभएको छ । घिमिरेले २६ मत प्राप्त गर्दा पुरीले ३८ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा रिमा प्याकुरेल निर्वाचित हुनुभएको छ । ४५ मतसहित प्याकुरेल निर्वाचित हुँदै गर्दा २९ मतसहित मोहन प्रसाद ढकाल पराजित हुनुभयो ।

सदस्यमा चुडा प्रसाद उप्रेती (४९ मत), धु्रव सिंह भट्ट (४६ मत), हरिहर खतिवडा (४४ मत), एक नारायण शर्मा (३६ मत), दिपेन्द्र बानियाँ (३५ मत), केशवप्रसाद अर्याल (३४ मत), गणेश अधिकारी (३२ मत) निर्वाचित हुनुभएको छ । यस्तै महिला सदस्यमा निशा क्षेत्री निर्विरोध निर्वाचित हुनुभएको छ । केन्द्रीय पार्षद्मा केशवप्रसाद गौतम, कृष्ण प्रसाद अर्याल, शिवप्रसाद बञ्जारा र श्रीराम दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । ७५ जना मतदातामध्ये ६७ जनाले मतदान गरेका थिए ।