हेटौंडा : उच्च अदालत बार एसोसिएसन हेटौंडाले वरिष्ठ अधिवक्तादेखि कर्मचारीलाई सम्मान गरेको छ । एसोसिएसनको साधारणसभा तथा अधिवेशनको अवसरमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद कँडेल, ईश्वरराज ढकाल, रामेश्वरप्रसाद कोइराला, बाबुराम दाहाल, ध्रुवप्रसाद चौलागाईलाई सम्मानपत्रले सम्मानित गरिएको हो ।
यस्तै, कार्यालय सहयोगी ज्ञानु परियारलाई पनि सम्मानित गरिएको छ । एसोसिएसनका निवर्तमान अध्यक्ष सुशीलकुमार पोखरेल, अधिवक्ता रिमा प्याकुरेल, प्रकाशन समितिका संयोजक शिवप्रसाद बन्जारा, सदस्य सुवासचन्द्र अधिकारी, सदस्य सुजन तिमल्सिना, अर्थ समितिकी संयोजक श्रद्वा ढुंगाना, सदस्य मोहनप्रसाद ढकाल, सम्पत काफ्लेलाई प्रशंसापत्र प्रदान गरिएको छ । उच्च अदालत बार एसोसिएसन हेटौंडाका अध्यक्ष अरुणकुमार खतिवडाको अध्यक्षता तथा उच्च अदालत पाटन हेटौंडा इजलाशकी न्यायाधीश यमुना भट्टराईको प्रमुख आतिथ्यमा साधारणसभा भएको थियो । एसोसिएसनका उपाध्यक्ष हरिप्रसाद भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो ।