हेटौँडा : मोटरसाइकलको ठक्करबाट हेटौँडा–६, विजयपथमा एक वृद्धको मृत्यु भएको छ । बुधबार साँझ साढे ६ बजेको समयमा हेटौँडा–६, विजयपथमा रामनगरबाट हात्तिलेटतर्फ जाँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हेटौँडा–६ रामनगरका ६१ वर्षीय कमल बहादुर बोहोराको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका बोहोरालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । हेटौँडा अस्पतालमा उपचार सम्भव नभएपछि चितवन रेफर गरिएको थियो । चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा बोहोराको बिहीबार बिहान २ बजेर २७ मिनेटको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकल चालक हेटौँडा–६, हात्तिलेटका ४२ वर्षीय बिदुर सापकोटा रहेको र उनी फरार रहेको प्रहरीले उल्लेख गरेको छ । फरार मोटरसाइकल चालक सापकोटाको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।