हेटौँडा : चितवन जिल्लाको राप्ती नगरपालिका–६, हर्दीचोकमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राती ८ बजेर ३० मिनेटको समयमा पूर्वपश्चिम राजमार्गमा भित्री सडक खण्डबाट गरेको ना ७ त ४७३० नम्बरको ट्याक्टरमा वीरेन्द्रनगर तर्फबाट भन्डारातर्फ आउँदै गरेको बा प्र ०६–००१ प ३९०८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चालक गोरखा जिल्लाको फुजेल गाउँपालिका–६, बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र पछाडी सवार राप्ती नगरपालिका–४, डडुवा बस्ने २५ वर्षीय सविना थापा घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । चालक भुपेन्द्रको उपचारको क्रमममा राती ९ बजेर ४७ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।