हेटौडाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को आयोजनामा भएको शिविरमा १४२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । सोमबार हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा भएको शिविरमा १४२ जनाको स्वास्थ्य परीक्षण गरिएको अनेरास्ववियु मकवानपुर क्याम्पस कमटी संयोजक प्रसिद्ध रेग्मीले जानकारी दिनुभयो ।

शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको सहयोग रहेको थियो । शिविरमा दाँत, सुगर, प्रेसरलगायतको प्राथमिक स्वास्थ्य जाँच गरिएको रेग्मीले बताउनुभयो ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य भुवन मैनालीको प्रमुख आतिथ्य तथा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष अमृत बर्तौलाको सभाध्यक्षमा शिविर भएको थियो । शिविरमा केन्द्रीय कमिटी सदस्य एवम् नेकपा एमाले मकवानपुरको विद्यार्थी इन्चार्ज आकाश अधिकारी, अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष नवराज पौड्याल, शिव पुलामी, सहसचिव जस्मिता अधिकारीको आतिथ्य रहेको थियो ।