हेटौँडा : चितवन जिल्लाको रत्ननगर नगरपालिका–५, जनकल्याणचोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार राती १० बजेको समयमा भित्री सडकखण्डमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा प्र ०३–००२ प ५५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–५ का २८ वर्षीय आलोक महत्तोको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका आलोकलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा राती १० बजेर ३५ मिनेटको समयमा महत्तोलाई डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।