हेटौँडा : गत मंगलबार राती हेटौँडा–४, स्कूलरोडस्थित एक मोवाइल पसलमा चोरीको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले एक नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार राती प्रहरीले एकजना नाबालकलाई पक्राउ गरेको थियो ।
आइतबार प्रहरीले हेटौँडा–४, कमलडाँडाबाट १७ वर्षीय नाबालक र हेटौँडा–२, मनकामनाचोकबाट १९ वर्षीय सुनिल पटेल र १९ वर्षीय राहुल पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । चोरीको घटनामा संलग्न भएका नाबालकको वयानका आधारमा थप ३ जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
मंगलबार राती १ बजेर ३० मिनेटको समयमा हेटौँडा–४, स्कूलरोडस्थित ‘९९ मोवाइल सोलुसन’ बाट चोरी गर्दै गरेका १७ वर्षीय नाबालक पक्राउ गरेको थियोे । प्रहरीले चोरीमा संलग्न भएको नाबालकको साथबाट १३ थान मोवाइल र नगद गरी कुल ६ लाख ७० हजार २ सय २५ रुपैयाँ बराबरको चोरी भएको जनाएको छ ।