हेटौँडा : नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेशको अध्यक्षमा पुनः बरुणकुमार साह चयन हुनुभएको छ । शनिबार हेटौँडामा भएको कर्मचारी संगठनको दोस्रो अधिवेशनबाट साह दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । साहको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
उपाध्यक्षमा प्रमिला रेग्मी र राजेन्द्र कुमाल चयन हुनुभएको छ । महासचिव टेकनाथ काफ्ले, सचिव पवनकुमार ठाकुर, दीपक तिमल्सिना र प्रभुनाथ प्याकुरेल तथा कोषाध्यक्षमा लोकराज न्यौपाने चयन हुनुभएको छ । सदस्यहरुमा घनश्याम सिलवाल, सुदर्शन बजगाईँ, राजेन्द्रबहादुर जीसी, रमेशनाथ उपाध्याय, केशव शर्मा, मीनबहादुर थापा, महेशकुमार श्रेष्ठ, दीपेन्द्र चौधरी, तिलक राई, खम्बु बोहोरा, प्रदीप फुयाँल, रविन्द्रप्रसाद कँडेल र अमरबहादुर तामाङ चयन हुनुभएको छ । अधिवेशनले लेखा परीक्षण आयोगमा जयादेवी खड्काको अध्यक्षमा २ जना सदस्य चयन गरेको छ । सदस्यमा सुस्मा ढकाल र विनोदकुमार साह चयन हुनुभएको हो । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको रहनेछ ।
संगठनका अध्यक्ष साहको सभाध्यक्ष तथा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा निजामती कर्मचारी संगठन मकवानपुरका अध्यक्ष यादविन्द्र पौड्यालसहित १२ जिल्लाका अध्यक्षलाई सम्मान गरिएको थियो । कार्यक्रममा १३ जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।