हेटौँडा : भोलि बिहीबार एकदिनका लागि हेटौँडा–४, पारिजातपथस्थित होटल बासुकलाले ३१ प्रतिशत छुटको घोषणा गरेको छ । होटल बासुकला सञ्चालनमा आएको ३१औं वार्षिकोत्सवको अवसरमा ३१ प्रतिशत नै छुटको घोषणा गरिएको हो ।
केशव बासुकलाले नेवारी खाजा घरको रुपमा सञ्चालन गर्दै आउनुभएको होटल बासुकला अहिले छोरा विकास बासुकलाले फास्टफुड रेष्टुरेन्टको रुपमा सञ्चालन गर्दै आउनुभएको छ । व्यापार, व्यवसायमा चौतर्फी मन्दी छाएको भनी चिन्ता व्यक्त भइरहँदा होटल बासुकलाले २ वर्षअघि स्तरीकरणसँगै राम्रो व्यवसाय गरिरहेको छ । व्यवसाय राम्रो भइरहेको विकास बासुकलाको भनाइ छ ।
३१औं वार्षिकोत्सवको अवसर पारेर होटल बासुकलाले खाजासँगै खाना समेत खुवाउन सुरु गरेको छ । उचित मूल्य, सफा, गुणस्तरीय सेवा प्रदान गर्दै आएको दावी गर्ने होटल बासुकलाले वार्षिकोत्सवका अवसर पारेर सादा खाना दुई सय रुपैयाँ, चिकेन खाना २ सय ५० रुपैयाँ र मटन खाना ३ सय रुपैयाँमा खुवाउन सुरु गरेको छ । एकपटकमा ५० जनालाई खाना, खाजा खुवाउन सक्ने गरी २ वर्षअघि होटल विस्तार गरिएको थियो ।
उचित मूल्य, सफा, गुणस्तरीय सेवा र उपयुक्त स्थानमा भएकै कारण होटल राम्रो सञ्चालनमा रहेको सञ्चालक विकास बासुकला दावी गर्नुहुन्छ । परिवारका ४ जनासँगै १६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेको होटल बासुकलाले ६ महिनाअघि मात्रै हेटौँडा–५, सानोपोखराचोकमा पनि शाखा विस्तार गरेको थियो । शाखामा पनि राम्रो व्यापार भइरहेको विकास बासुकला बताउनुहुन्छ ।
वार्षिकोत्सवको अवसरमा सेवाग्राहीलाई सहुलियत दिनुका साथै कर्मचारीलाई वर्ष उत्कृष्ट कर्मचारीको रुपमा १५ हजार रुपैयाँसहित पुरस्कृत गरिने विकासले जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा खानाको सेवा पनि थप गरेर खानाको मूल्य पनि उचित कायम गरिएको उहाँको दावी छ ।