हेटौँडा ः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१५, देवी चोकमा नुहाउने क्रममा बाथरुममा लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कोइली नगरपालिका–११, घरभई हाल देवी चोक बस्ने ५० वर्षीया जमुना देवी चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार बिहान १० बजेको समयमा चौधरी बाथरुममा नुहाउने क्रममा लड्दा गम्भिर घाइते भएकी थिइन् । घाइते चौधरीलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा बिहान ११ बजेर २४ मिनेटमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।