गुगल तस्वीर ।

हेटौंडाः हेटौंडामा आउँदो शनिबार जिल्लास्तरीय क्रसकन्ट्री साइक्लिङ प्रतियोगिता हुने भएको छ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको व्यवस्थापना जिल्लास्तरीय क्रसकन्ट्री एलिमिनेटर साइक्लिङ प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता हेटांैडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले जानकारी दिनुभएको छ । सिनियर र जुनियर खेलाडीहरु सहभागी हुन पाउनेगरी प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । पिप्ले–क्याम्पा रंगशालाको चौरको बाहिर सहभागी प्रतियोगीहरुले ४ सय मिटर २ राउण्ड घुमाउनुपर्ने उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी भएका प्रतियोगिहरुमध्ये निर्धारित दुरी छिट्टै पूरा गर्ने फाइनलमा प्रवेश गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगितामा ५० देखि ६० जना खेलाडीहरुको सहभागिता रहने अनुमान गरिएको उहाँले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि १ लाख ६० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । आर्थिक सहयोगका लागि हेटौंडा उपमहानगरपालिका, वडा र स्थानीय तहसँग पहल गरिएको उहाँको भनाइ छ ।

जुनियरतर्फ १४ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका र सिनियरतर्फ १८ वर्षदेखि ३० वर्षसम्म उमेर समूहका खेलाडीहरुले प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगितामा सहभागी हुनका लागि शुक्रबारसम्म नाम दर्ता गराइसक्नुपर्ने उहाँले बताउनुभयो । प्रतियागितामा सिनियर र जुनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।