नवनिर्वाचित अध्यक्ष न्यौपाने (ढाका टोपीमा) सहित म्यान मकवानपुरका पदाधिकारीहरु ।

हेटौँडा : मोबाइल एसोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित हुनुभएको छ । शनिबार भएको १३ औँ वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अर्का आकांक्षी रोहिणीप्रसाद गौतम (गोपाल) लाई हराउँदै न्यौपाने अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित न्यौपानेले ७५ मत प्राप्त गर्दै विजयी हुनुहुँदा अर्का आकांक्षी गौतमले ५७ मत प्राप्त गर्दै पराजित हुनुपरेको हो । उपाध्यक्षमा अनिल दास बनियाँले ८२ मत प्राप्त गर्दै विजयी हुनुहुँदा शिवराज बास्तोला ४९ मतसहित पराजित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा राजकुमार दहाल, महासचिवमा मिलन स्याङ्तान, कोषाध्यक्षमा प्रवेश चापागाई, सहकोषाध्यक्षमा पुष्पराज गौतम, सचिवमा सुमन रायमाझी सर्वसम्मत चयन हुनुभएको छ ।

सदस्यमा एदिस रिजाल, जीवनाथ अधिकारी, पप्पु कुमार केसरी, सन्तोष दाहाल, अदाम हुसेन मंसुरी र निरोज रिमाल सर्वसम्मत चयन हुनुभएको छ । एक सय ३४ जना मतदातामध्ये १३२ मत मात्र खसेको थियो । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्य तथा नवराज चौलागाईको सभाध्यक्षमा साधारणसभाको उद्घाटन समारोह भएको थियो ।