हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–२२, पकौडीमा माहुरीले टोकेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ८८ वर्षीय यदुविलास पोखरेल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंगलबार साँझ ५ बजेर ४५ मिनेटको समयमा पोखरेल ढलेको रुखको जरामा रहेको माहुरीले निकाल्ने क्रममा टोकेर एक्कासी लडेका थिए । पोखरेललाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा पोखरेलको बेलुका ७ बजेको समयमा मृत्यु भएकोे प्रहरीले जानकारी दिएको छ ।