हेटौँडा ः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, स्वस्तिकटोलमा आगोले पोलेर घाइते भएका वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ८१ वर्षीय तीर्थराज पौडेल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

पौडेल आइतबार साँझ ५ बजेको समयमा आफ्नै घरको छतमा आगो तापिरहेको बेला आगोले पोलेर शरीरको ५५ प्रतिशत भाग जलेको थियो । पौडेललाई भरतपुर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा पौडेलको बिहीबार दिउँसो २ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।