हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१५, लाहुरेचोकमा गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया रिता विक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार बिहान २ बजेको समयमा रिता एक्कासी मुखबाट रगत बान्ता गरेकि थिइन । रितालाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा चेकजाँच गरी बिहान ३ बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । रिता ८ महिनाको गर्भवती रहेको प्रहरीले जनाएको छ ।