रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः मकवानपुरको बागमती गाउँपालिका–१, माझगाउँस्थित सूर्य माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ ।

विद्यालय परिसरमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केस घलान, शिक्षा शाखा प्रमुख प्रमोद राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईको पनि आतिथ्य रहेको थियो ।