हेटौँडाः चितवन जिल्लाको कालिका नगरपालिका–८, भोर्लाघारीमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीया पार्वती चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार बिहान चेपाङ आफ्नै घर भित्र अचेत अवस्थामा फेला परेकी थिइन । चेपाङलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।