हेटौंडाः प्रगतिशील लेखक संघ मकवानपुरको नवौं जिल्ला अधिवेशन हुने भएको छ । आउँदो पुस २० गते शनिबार अधिवेशन आयोजना गरिएको प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिनुभयो ।
सोही अवसरमा प्रत्येक वर्ष प्रदान गर्दै आएको “युद्ध प्रसाद मिश्र स्मृति साहित्य सम्मान” पनि प्रदान गर्न लागिएको बताउनुभयो । “युद्ध प्रसाद मिश्र स्मृति साहित्य सम्मान” यस वर्ष प्रगतिवादी कवि तथा अग्रज साहित्यकार निभा शाहलाई प्रदान गर्न लागिएको अधिकारीले दिनुभयो । अछामका शाह बामपन्थी धारणमा रहेर लामो समयदेखि कविता, लेख जस्ता रचनाहरुले लेख्दै आउनुभएकोले सम्मान गर्न लागिएको उहाँको भनाई छ । उहाँले समाज परिवर्तनमा पनि आन्दोलन मार्फत योगदान पु¥याउनुभएको बताउनुभयो ।
अग्रज साहित्यकार तथा हास्य–व्यङ्ग्यकार आर.सी रिजालले उक्त सम्मान स्थापना गर्नुभएको हो । यसअघि “युद्ध प्रसाद मिश्र स्मृति साहित्य सम्मान” बाट क्रमशः साहित्यकार डा. पशुपतिनाथ तिमल्सीना, जनवादी गायक तथा संगीतकार रामेश श्रेष्ठ र प्रगतिवादी युवा कवि पुरुषोत्तम आचार्यलाई सम्मानित गरिसकेका छन् ।